मेचीनगर, भदौ १ । झापाको मेचीनगर स्थित काँकारभिट्टाबाट प्रशारित रेडियो साथी ९८.६ मेगाहर्ज आजबाट चौथो बर्षमा प्रवेश गरेको छ ।
२०७५ साल भदौ १ गतेबाट प्रशारणमा आएको सामुदायीक रेडियो साथी आजबाट तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको हो । जसअन्तर्गत रेडियो साथीले आज तेस्रो बार्षिकोत्सव पनि मनाउँदैछ ।
समुदायमा सिमित रहेका विभिन्न आवाजहरुलाई रेडियो मार्फत बुलन्द गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको रेडियो साथीले आज तेस्रो बर्ष पुरा गरि चौथो बर्ष प्रवेश गरेको उपलक्ष्यमा बार्षिकोत्सव मनाउन लागेको हो । यस्तै रेडियो साथीले आजबाट थप एउटा स्थानीय खबरहरुको संगालो साथी खबर प्रशारण गर्ने जनाएको छ ।
आजबाट विहान १० बजे पनि साथी खबर प्रशारण गरिने रेडियो साथीकी अध्यक्ष पुनम प्रधानले बताउनुभयो ।
हाल रेडियोबाट विहान ७ बजे, दिउँसो २ बजे र बेलुका ५ बजे स्थानीय खबरलाई समेट्दै समाचार प्रशारण हुने गरेको छ । जसअन्तर्गत आजबाट भने विहान १० बजे पनि स्थानीय खबरको संगालो साथी खबर थपिएको हो ।

