बाहुण्डाँगी । मोरङको सुन्दरहरैंचा स्थित सलकपुरमा भएको ‘सुन्दरहरैंचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ को उपाधि कर्पोरेटतर्फ जनरल इन्सोरेन्स धरानले हात पारेको छ । दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राममा भएको प्रतियोगितामा जनरल इन्स्योरेन्सका प्रनिस सिंह ठकुरी र सत्यम् सुब्बाले उपाधि हात पारेका छन् । कर्पोरेटतर्फ मन्जरी पेन्टस् इटहरीका आशिष जबेगु र दिनेश शंकर दोस्रो भएका छन् । पूर्वाञ्चल पोलिमर Read More…
Day: September 12, 2021
सोमवारदेखि मेचीनगर लेडी जेसीजको सप्ताह सुरु हुने
बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत सोमबारबाट विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी असोज २ गते जेसीज सप्ताह विधिवतरुपमा समापन हुने छ । भदौ २८ देखि असोज २ गतेसम्म मेचीनगर लेडी जेसीजले सञ्चालन गर्ने सबै कार्यक्रमको आइतवार धुलावारीमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । यसपटकको सप्ताहमा सबै कार्यक्रम स्वास्थ्यसँग Read More…
गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)
झापा, भदौ २७ । गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो सुख–दुःख सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयमले संगीत भरेका छन् भने गायनमा गायिका पबित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् । सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा Read More…
सामूहिक हत्याका आरोपी लोकबहादुरलाई आज सार्वजानिक गर्दै प्रहरी
सङ्खुवासभा, भदौ २७ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार पक्राउ गरेको छ । हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आज(आइतबार) चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी Read More…
एमालेको निष्कर्ष: एमसीसी सम्झौता संशोधन हुनुपर्ने
काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै Read More…





