धनकुटा लेडी जेसीजले यसै वर्षदेखि सुरु गरेको जेसीज गाउँको अवधारणालाई थप सार्थक बनाउन सबै घर एकै रंगका हुने भएका छन् । नेपाल जेसीजको एक शाखा एक जेसीज गाउँको अवधारणलाई धनकुटा लेडी जेसीजले पनि सुरु गरेको थियो ।

जुन गाउँमा दशैको पूर्व सन्ध्यामा आएर सबै घरहरुलाई कलर गर्न थालिएको छ । शुक्रवार शाखाले एक कार्यक्रमको आयोजना गरि जेसीज गाउँमा रंगाएका घरहरुको उद्घाटन गरिएको छ । जस अन्तर्गत सबै घरहरु जेसीजको रगं निलो हुनेछन् ।

बिसिका श्रेष्ठले २०२१ को नेतृत्व गरेपछि सुरुवातीमै जेसीज गाउँ स्थापना गर्नु भएको थियो । जुन गाउँमा यस विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, कोभिडका समयमा स्वास्थ्य सामाग्री, माक्स सेनिटाइजर तथा विभिन्न स्वास्थ्य परिश्रणहरु सम्पन्न भइसकेका थिए । २२ घर परिवार रहेको यस गाउँलाई लक्षित गरि शाखाले हरेक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संस्थाकी अध्यक्ष विसिका श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रविना श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
स्थापना समयको छोटो समयमा यस शाखाले देशभरमै उत्कृष्ट शाखाका रुपमा काम गर्दै आएको छ । नेपाल जेसीजबाट हरेक पटक सम्मानित हुँदै आएको यो शाखा धनकुटामै स्थापित सामाजिक
संघ संस्थाको अग्रपंक्तिमा रहेको छ ।

