बुधबारे, असोज १ । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस बुद्धशान्ति २ जयपूरमा बिहिवार सम्पन्न भएको छ ।
प्रतियोगितामा बुद्धशान्ति ३ का निकेश भण्डारी प्रथम भएका छन् । बुद्धशान्ति २ का रुद्र पोखरेल दोस्रो भए । पहिलो चरणमा बरावरी भए पछि उपाधिको छिनोफानोका लागि २ प्रतियोगीलाई पुनः खेलाईएको थियो ।

गोकुल पौडेलको संयोजकत्वमा भएको प्रतियोगितामा ३७ जनाको सहभागिता थियो । विजेता तथा उपविजेतालाई अध्यक्ष अनिल वाग्ले, ट्राफिक प्रहरी पोस्ट बुधबारेका प्रमुख राजकुमार चौधरी, पूर्व अध्यक्ष सेमन्त पोख्रेल, सप्ताह कार्यक्रम मूल सम्योजक मुकेश भट्टराई, प्रथम पुरस्कार सौजन्य गर्ने सार्जन दुलाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

