झापा । नेपालीहरूको महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ झापामा हिजो आज हराउदै गएको छ । केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाड पर्वमा प्रायः जिल्लाका गाउँटोल र शहरका खुल्ला ठाँउमा लिङगे पिङ हालिन्थ्यो ।

दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो । तर, पछिल्लो समय लिङगे पिङको चलन हराउदै गएको छ । आधुनिक जीवनशैली र युवापुस्तामा सँस्कृति संरक्षणमा मोह नहुँदा झापा स्थित शहर तथा गाँउका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको छ ।
वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएको युवा समाजसेवी बालकृष्ण थापा बताउछन् । साथै उनले चलि आएको सँस्कृति हराउदै जानु दुःखत भएको भन्दै सबैले यस बिषयमा गम्भिर भएर संरक्षणमा लाग्नु पर्ने बताए ।
‘दशैँका बेला सबै जम्मा भएर सामुहिक लिङगे पिङ खेल्ने, रमाईलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचेले बताए । विशेष गरि युवा पुस्ताले लिंगे पिङ्ग निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरामा खासै चासो नदिने गरेको मेचेको भनाई छ ।

