संघ \संस्था

विराटनगर जुनियर जेसिजद्वारा २६ औ वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम

बाहुण्डाँगी । विराटनगर जुनियर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरेर २६ औ वार्षिक उत्सव मनाएको छ ।

विराटनगर जुनियर जेसिजकी अध्यक्ष जिना शर्माको अध्यक्षतामा २६ औ वार्षिकोत्सब कार्यक्रम विभिन्न ६ विधामा वार्षिक उत्सव मनाईएको हो ।

उत्तसवमा बैठक प्रक्रिया तालिम, खाद्यान्न बितरण, जेसिज हाजिरीजवाफ, मैत्रीपूर्ण फुटसल र तुमला देवी बक्तित्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि नेतृत्व र व्यक्तित्व विकास संगसँगै समाजमा जेसिजलाई चिनाई सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यले कार्यक्रमहरु गरिएको अध्यक्ष जिना शर्माले जानकारी दिईन् ।

होटल श्रीकृष्णमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रम को सो उत्सवमा विराटनगर जुनियर जेसिजकी पूर्वअध्यक्ष दिपा ओडारीलाई आजिवन सदस्यता सम्मान बाट सम्मानित पनि गरिएको थियो ।

कार्यक्रममा विराटनगर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देश दास श्रेष्ठको मुख्य उपस्थिति रहेको थियो । विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहाल, विराटनगर जुनियर जेसिजका निरुपित कार्यक्रम संयोजक मिलाप जोसुवा कर्ण विराटनगर जेसिजका पूर्वअध्यक्षहरु, विराटनगर जुनियर जेसिजका पूर्वअध्यक्षहरु साथै थुप्रै संघ संस्था लगायतको उलेख्नीय उपस्थिति रहेको थियो ।