मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित नेकपा एमालेका पुराना सदस्य सन्तलाल मेचे आफु एमालेमा नै रहेको जनाएका छन् ।
नेपाली कांग्रेसले भर्खरै मेचीनगर–८ स्थित ग्रामथान टोल समिति गठन गरेको र आफुलाई झुक्याएर टोल उप सभापती बनाएको जनाउदै मेचे एमालेमा नै रहेको बताएका हुन् ।
मेचेले भने कांग्रेसका नेताले आफुलाई धानबालीमा पुर्याएको क्षतीको राहात दिने भन्दै भेलामा बोलाएर टोल समितिमा आफ्नो नाम राखेको जानकारी दिए । उनले भने म लामो समयदेखि एमालेमा आबद्ध पुरानो कार्यकर्ता हु कांग्रेसमा कहाँ जान सक्छु र ? आफु एमालेमा नै रहेर आफ्नो दायित्व पुरा गर्ने बताए ।
त्यस्तै रामसिंह मेचेले पनि आफु एमालेमा नै रहेको बताएका छन् । मेचीनगर–८ का उनलाई पनि कांग्रेसले सन्तलाल रहेको टोल समितिको सदस्य बनाएको थियो । उनी पनि एमालेका पुरानो कार्याकता हुन् ।

