
काठमाडौं । स्पेन फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको हो ।

स्पेनलाई जित दिलाउनको लागि खेलको अन्त्यतिर वैकल्पिक फरवार्ड अल्भारो मोराटाले निर्णायक गोल गरे । पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।
खेलको ८६औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई १-० को जित दिलाए । उनले ओल्मो पासमा गोल गरेका थिए । मोराटा ५९औं मिनेटमा पाब्लो सारावियाको स्थानमा मैदान छिरेका थिए ।
यो जितसँगै स्पेनले समूह ‘बी’ मा ८ खेलबाट १९ अंक जोड्यो । स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
त्यस्तै सर्विया पोर्तुगललाई पराजित गर्दै फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा सर्वियाले पार्तुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्तुगलले भने प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ । पोर्तुगलललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा चाहिएको भएपनि पराजित हुँदा विश्वकपमा छनोट हुन असमर्थ बन्यो ।
सर्वियालाई जित दिलाउनको लागि डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो ।
खेलको दोस्रो मिनेटमै रेनाटो सन्चोले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन ।
३३औं मिनेटमा डुसान टाडिकले गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याए । यनले सासा लुकिकको पासमा गोल गरेका थिए ।
खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्तुगल घरमै स्तब्ध बन्न पुग्यो ।
समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो । पोर्चुगलले १७ अंक जोड्यो । यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो ।


