बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजका लागि २०२२ को अध्यक्षम अनु अधिकारी श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
हालै सम्पन्न शाखाका २५ औँ शाखा अधिवेशनले अधिकारीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचति गरेको हो । अधिकारी विभिन्न वर्षहरुमा महत्वपूर्ण जिम्मेवारी रहँदै २०२१ मा तालिम संयोजकको रुपमा काम गर्नु भएको थियो ।
शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा अनुराधा पन्त र रीता गौतम तन्दुकार, उपाध्यक्षहरुमा मानु श्रेष्ठ, सोनु श्रेष्ठ, पारुल अग्रवाल र अस्मिता तिम्सिना, निर्देशकहरुमा इशा श्रेष्ठ, सोनसा श्रेष्ठ, कोपिला गरुङ र संगिता थापा मगर, सह सचिवमा एलिना श्रेष्ठ निर्वाचित भएका निर्वाचन आयुक्त पूर्व अध्यक्ष कृपाराज भण्डारीले बताउनु भयो । यसैगरी कानुनी सल्लाहकारमा सुस्मिता श्रेष्ठ, महासचिवमा हिमा श्रेष्ठ र कोषाध्यक्षमा गौरी गरुङ मनोनित हुनु भएको छ ।
शाखाकी अध्यक्ष सम्झना श्रेष्ठको सभापतित्वमा अधिवशेन सम्पन्न भएको हो ।

