झापा कमल। झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो ५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जसमा साधरण सभाको अघिल्लो दिन सानोकेर्खा टोल विकाश संस्थाको सहकार्यमा टोल सरसफाई, साधारण सभाका दिन विहान नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रत्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।
२०७४ सालमा २८ जना सदस्य हरु बाट १ लाख ४० हजार रुपैया जम्मा गरी सुरु गरिएको सहकारीले ५ औ वार्षिक साधारणसभा सम्म आईपुग्दा ७ सय ४७ जना सदस्य र १ करोड, २८ लाख, ९७ हजार ५४४ रुपैयाको कारोवार गर्न सस्था सफल भएको भने आगामी आर्थिक वर्षमा १५ लाख ४ हजार ७ सय रुपैया खुद नाफागर्ने लक्ष्य लिएको अध्यक्ष त्रिलोचन गौतमको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गा.पा. अध्यक्ष मेनुका काफ्ले, विशिष्ट अतिथि बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र प्रवद्र्धन समितीका अध्यक्ष चक्र गुरुङ्ग साथै सानो केर्खा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कतिपय सहकारीले नाम अनुसारको काम गरेका छैनन् । अबका दिनमा सहकारीले नाम अनुसारको काम गर्दै सदस्यलाई बचत र कर्जा लगानि मात्र गर्ने होईन सदस्यलाई उत्पादनकार्य तर्फ लाउन पर्ने र छरिएर रहेको पुजिलाई एकत्रित गर्दै त्यसलाई उत्पादन तर्फ लगाउनु पर्ने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
पछिल्लो समय सहकारी मोटाउदै गएका छन् तर सदस्य भने जस्ताको तस्तै रहेकोले सहकारीले सदस्यको समग्र उन्नती र प्रगतिका निम्ति गम्भिर हुनुपर्ने अवस्था आएको छ । सहकारीले आफ्नो उद्येश्य अनुसार काम नगरेका कारणले पनि यस्तो अवस्था श्रृजना भएको बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र प्रवद्र्धन समितीका अध्यक्ष चक्र गुरुङ्गले बताउनु भयो ।
सस्थाले सहकारीको क्षेत्रका कमल चलाए बापत पत्रकार उमानाथ भण्डारीलाई दोसल्ला तथा सम्मान पत्र द्वारा साथै सस्थाले सन्चालन गरेका विभिन्न बचत कार्यक्रममा उत्कृष्ट सदस्य अन्र्तगत खुत्रुके बचत तर्फ सुसन राई, पेन्सन बचत तर्फ कोपिला चापागाई, न्युन बचत तर्फ भुमिराज भण्डारी, जेष्ठ नगरिक बचत तर्फ दिननाथ घिमिरे, बाल बचत तर्फ दिपचन पौडेल , कर्मणी नियमित बचत तर्फ टेकराज तिम्सिना, उत्कृष्ट कर्जा तर्फ कविता तामाङ्ग र साधारण बचत तर्फ यामकान्त न्यौपाने तथा २३ औ पटक रक्तदान गर्नुहुने युवराज पराजुलीलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
सस्थाका सचिव लेखनाथ सुवेदीले सन्चालन गरेको कार्यक्रममा लेखा समिती संयोजक बिकास घिमिरेले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथी तथा सहभागीलाई कर्मचारी कल्पना सापकोटाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।












