धर्म संस्कृती

नेपाल थामी समाजद्वारा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य Read More…

संघ \संस्था

राजनीतिमा होमिएसंगै सक्रिय पत्रकारिताबाट अलग्गिए हुमागाईं

बिर्तामोड । नेपाली कांग्रेस झापाको सचिवमा निर्वाचित भएपछि अग्रज पत्रकार कृष्ण हुमागाईंले आजदेखि सक्रिय पत्रकारिता त्यागेको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ झापाको सभाकक्षमा आज पत्रकार सम्मेलन गरेर हुमागाईंले पत्रकार महासंघका सबै जिम्मेवारीबाट राजीनामा गरेका हुन् । उनी नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद् सदस्य हुन् । २० वर्षको उमेरबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेको जानकारी Read More…

राजनीति

एकीकृत समाजवादी निकट कर्मचारी र पेशाकर्मीहरुको जिल्ला कमिटी गठन

झापा । नेकपा (एकीकृत समाजवादी )  निकट कर्मचारी र पेशाकर्मीहरुको जिल्ला कमिटी गठन गरिएको छ ।कनकाईस्थित धनुसकोटी घाममा आयोजित भेलाले एकै दिन दुई वटा कमिटी गठन गरेको हो । त्यसक्रममा गठित नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला अध्यक्षमा निरोज कट्टेल रहेका छन भने पेशागत महासङको जिल्ला अध्यक्षमा तुलसी निरौला चयन भएका छन । नेकपा (एकीकृत समाजवादी)  Read More…

अन्य

कर्मणी साकोसको सरसफाई, रत्तदान कार्यक्रम सहित उत्कृष्ट सदस्यलाई सम्मान गर्दै आफ्नो ५ औँ वार्षिक साधारण सभा सम्पन्न

झापा कमल। झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो ५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जसमा साधरण सभाको अघिल्लो दिन सानोकेर्खा टोल विकाश संस्थाको सहकार्यमा टोल सरसफाई, साधारण सभाका दिन विहान नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रत्तदान कार्यक्रम सञ्चालन गरेको थियो । २०७४ सालमा २८ जना सदस्य हरु Read More…

धर्म संस्कृती

धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि Read More…

स्वास्थ्य

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

काठमाडौं। सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, Read More…