संघ \संस्था

राजनीतिमा होमिएसंगै सक्रिय पत्रकारिताबाट अलग्गिए हुमागाईं

बिर्तामोड । नेपाली कांग्रेस झापाको सचिवमा निर्वाचित भएपछि अग्रज पत्रकार कृष्ण हुमागाईंले आजदेखि सक्रिय पत्रकारिता त्यागेको घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाको सभाकक्षमा आज पत्रकार सम्मेलन गरेर हुमागाईंले पत्रकार महासंघका सबै जिम्मेवारीबाट राजीनामा गरेका हुन् । उनी नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद् सदस्य हुन् ।

२० वर्षको उमेरबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेको जानकारी गराउँदै पत्रकारहरुमाझ हुमागाईले भने भर्खरै ५४ वर्षमा प्रवेश गरेको छु, यो उर्वर उमेरमा पत्रकारिता क्षेत्रमा जे जति गर्नसकेँ, गरेको छु । अब पार्टीको राजनीतिमा समय खर्चने भएकाले पत्रकारिता क्षेत्रबाट अलग्गिएको हुँ ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, पूर्व केन्द्रीय सदस्य मोहकाजी न्यौपाने, पूर्व जिल्ला सचिव लोकराज ढकालसहितको उपस्थितिमा हुमागाईंले सक्रिय पत्रकारिता त्यागेको विज्ञप्ती वाचन गरी जिल्ला अध्यक्ष एकराज गिरीलाई राजीनामा पत्र हस्तान्तरण गरेका हुन् ।