संघ \संस्था

चारआली जेसिज अध्यक्षमा विरू

मेचीनगर । चारआली जेसिजे वर्ष २०२२ को अध्यक्षमा विरवहादुर बेघा (विरू) निर्वाचित भएका छन् । जेसिजको नवौ वार्षिक साधारणसभा बाट बेद्या अध्यक्षमा निर्वाचित भएका हुन । यस्तौ कार्यकारणी उपाध्यक्षमा जीवन दाहाल र प्रविण पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी चारआली जेसिजको उपाध्यक्षमा नेत्र मिश्र, विवेक सुन्दास, प्रफुल केसी र दिपक राई निर्वाचित भएका निर्वाचन समितिका संयोजक दिपेन्द्र निरौला (विकास) ले जानकारी दिए ।

चारआली जेसिजको विदान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सचिव, जनसम्पर्क अधिकारी र तालिम संयोजक पछि मनोनित गर्दै जेसिज लाई पुणता दिने नव निवाचित अध्यक्ष बेघाले वताए ।

कार्यक्रम चारआली जेसिज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।