संघ \संस्था

एरिया ‘डि’ कन्फ्रेन्स शाखाको अध्यक्षमा टोपप्रकाश विक निर्वाचित

बाहुण्डाँगी । २०२२ को एरिया ‘डि’ कन्फ्रेन्सको आतिथ्यता गर्ने शाखा टिकापुर जेसीजको अध्यक्षमा टोपप्रकाश विक निर्वाचित भएका छन् । हालै सम्पन्न शाखाको २४ औँ शाखा अधिवेशनले विक लाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । २०२१ को सुर्खेत कन्फ्रेन्सबाट २०२२ को कन्फ्रेन्स गर्ने अवसर प्राप्त गरेको टिकापुरका लागि कार्यकारीणी उपाध्यक्षमा कृष्ण चौधरी र रुपकबहादुर विक, उपाध्यक्षहरुमा जीवन गौचन, भुपेन्द्र खड्का, पृथ्वी चपाई र प्रकाश खत्री निर्वाचित भएका शाखाका पूर्व अध्यक्ष गणेश साउदले बताउनु भयो । अन्य पदहरुमा भने पदहस्तान्तरण समारोहमा मनोनित गरिने २०२१ का अध्यक्ष लक्ष्मण थापाले बताउनु भयो ।