संघ \संस्था

गोर्खा सम्मेलनको पूर्व तयारीमा सम्मेलन स्थल सरसफाइ

बाहुण्डाँगी । क्षेत्र ख सम्मेलन पूर्व तयारीका लागि गोर्खा जेसीजले सम्मेलन स्थलको सरसफाइ गरेको छ ।
भदौ ३ र ४ गते गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनका लागि सोमवार बिहान नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरीको सहकार्यमा सम्मेलन स्थलको सरसफाइ गरिएको शाखाका अध्यक्ष शैलेन्द्र भट्टले बताउनु भयो । नेपाल जेसीजको आयोजनामा हुने सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । सम्मेलन गोर्खा संग्रालयको परिसरमा हुनेछ ।


सरसफाइ अभियानमा गोरखा उधोग वाणिज्य संघ गोरखाका अध्यक्ष तथा गोरखा जेसीजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पूर्व अस्मोकबाबु श्रेष्ठ, पूर्व अध्यक्ष शरन श्रेष्ठ, पूर्व अध्यक्ष राजीव अधिकारी, पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक भगवान बाबु मास्के, नेपाल आर्मीका सेनानी प्रकाश परियार, सशस्त्रका प्रहरी बल गुल्म गोर्खाका प्रमुख सुजित विष्ट नेपाल प्रहरीका प्रहरी निरिक्षक भिमनाथ घिमिरेसहितको टोली सहभागि रहेको थियो । साथै अभियानमा शाखाका पदाधिकारी स्थानीय सं३ संस्थाको समेत सहभागिता रहेको थियो ।