संघ \संस्था

कमलनगर जेसीजद्धारा तालिम सम्पन्न

बाहुण्डाँगी । नेपाल जेसीज क्षेत्र क तालिम प्रतिष्ठानको आयोजना तथा कमलनगर जेसिजको आतिथ्यतामा एक दिने कल्चर डेभलप्मेन्ट एन्ड इभेन्ट मेनेज्मेन्ट विषयक तालिम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नम्बर ५ स्थिथ रोडस्टार पार्टी प्यालेसमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष दीपेन्द्र निरौला र क्षेत्र क का तालिम संयोजक राजेश खत्रीले गर्नु भएको थियो । तालिममा क्षेत्र क का तालिम संयोजक र उपाध्यक्ष गरी ४५ जनाको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष नारायण बस्नेतको सभापतित्व तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो । समारोहमा नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष हिमप्रसाद दाहाल, नेपाल आदिवासी जनजाति महासङ्घ कमल गाउँ समन्वय समितिका अध्यक्ष बद्री साम्पाङ, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, कमल सांस्कृतिक मञ्चका अध्यक्ष कैलाश थापामगर र सचिव विजयकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, निरुपित उपाध्यक्ष राजिव प्रसाई, शाखाका पूर्व केदार कटुवाल, शिक्षक महासंघका अध्यक्ष हिमप्रसाद दाहाल, सहभागिका तर्फबाट रिसवसिंह चहारलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कमलनगर जेसीजका महासचिव भीम अधिकारीले गर्नु भएको थियो ।