संघ \संस्था

बागलुङ जेसीजको ४४ औं पदस्थापनतथा पुरस्कार वितरण समारोह सम्पन्न

बागलुङ जेसीजको ४४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह मिती १८ पुस २०७८ आईतबार
९तदअनुसार व्बल द्दलम द्दण्द्दद्द ०मा होटल पिस प्यालेसको सभाहलमा सम्पन्नभएको थियो । बागलुङ जेसीजवर्ष २०२१ का शाखाअध्यक्ष जेसी आनन्द प्रशाद रेग्मीको अध्यक्षतामा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रीय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुखआतिथ्यतामा सम्पन्नभएको कार्यक्रममा बागलुङ जेसीजवर्ष २०२१ का प्रकरण र्निदेशक जेसी अन्जीलाश्रेष्ठले आस्थापाठ तथा निर्वतमान अध्यक्ष जेसी सुरेन्द्र शाक्यले स्वागत मन्तब्यब्यक्त गर्नुभएको थियो । ४४ औ ंपदस्थापन तथा पुरस्कार वितरण समारोहको शुभारम्भ राष्ट्र राष्ट्रीय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले पानसमा दीप प्रज्जवलन गरी गर्नुभएको थियो ।


वर्ष २०२१ का महासचिब जेसी प्रकाश आचार्यले संचालन गर्नुभएको सो कार्यक्रममावर्ष २०२१ का अध्यक्ष जेसी आनन्द प्रशाद रेग्मीले अध्यक्षीय मन्तब्य सहित उहाँको कार्यकालमा सहयोग एंव योगदान पु¥याउनु भएकाविभिन्न सदस्य, पदाधिकारी तथापूर्व अध्यक्षहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।उक्तकार्यक्रममाबागलुङ जेसीजवर्ष २०२१ को अवार्डहरु पनिवितरण गरिएको थियो ।
जस अनुसार उत्कृष्ट नव प्रवेशी २०२१ जेसी स्रज पन्त, उत्कृष्ट योजना २०२१, जेसी अमर बहाद्र थापा, सर्वाधिकउपस्थिति २०२१ः जेसी विन्दाकार्की सोनि, सर्वाधिक संलग्नता २०२१ः जेसी गणेश महतो, उत्कृष्ट जेसीज२०२१ः जेसी प्रकाश आचार्य, पुर्णतारा अवार्ड २०२१ ः पूर्व अध्यक्ष जेसी क्रष्ण शंकर श्रेष्ठ, हरी लक्ष्मिनारायण अवार्ड २०२१ः जेसी आनन्द प्रशाद रेग्मीले प्राप्त गरेका थिए ।

प्रथम चरणको पुरस्कार बितरण कार्यक्रम पश्चात बर्ष २०२१ का लिडर्स अध्यक्ष एवं निर्वाचन आयुक्त जेसी निलेस राजभण्डारीले निर्बाचनको परीणाम घोषणासंगै उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसी आनन्द प्रशाद रेग्मीले वर्ष २०२२ का नवनिर्वाचितअध्यक्ष जेसी प्रकाश आचार्यलाई अध्यक्षपदको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण गराएपश्चातवर्ष २०२१ का अध्यक्षको गलाबाट वर्ष २०२२ का नव निर्वाचित अध्यक्षको गलामा मातृ शाखा बुटवल २०२१ का अध्यक्ष गोपाल चापागाइ र बाग्लुङ जेसीजका पुर्व अध्यक्षहरुदले अध्यक्षीय माला पहिराउनु भएको थियो । लगतै नवनिर्वाचित अध्यक्ष जेसी प्रकाश आचार्यले आÏनो प्रतिवद्धता मन्तब्य सहित वर्ष २०२२ का निर्वाचित तथा मनोनित पदहरुको घोषणा तथा पदाधिकारीलाई शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण गराए पश्चात वर्ष २०२२का महासचिव जेसी गणेश महतोले दोस्रो चरणको कार्यक्रमहरु प्रारम्भ गर्नुभएको थियो ।

४४औंपदस्थापना तथा पुरस्कार वितरण समारोहमा सहयोगी सस्थाहरुको तर्फबाट स्व सत्य देवी स्मिृती कोश का संरक्षक शैलेन्द«कुमार श्रेष्ठ, छिमेकी शाखाहरु तर्फ बाट पोखरा लेडी २०२१ का अध्यक्ष जेसी लक्ष्मी अधिकारि ,मातृशाखा ब्टवल जेसीज बर्ष २०२१ का शाखा अध्यक्ष गोपाल चापागाई, म्याग्दी जेसीजका सस्थापक अध्यक्ष जेसीआई सिनेटर रमेश क्मार श्रेष्ठ लगायत प्रम्ख अतिथीले स्भकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष जेसी प्रकाश आचार्यले अतिथिहरु लगायत प्रम्ख अथितीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । यसपछि २०२१ का बोड का पदाधीकारीहरुले साम्हिकरुपमा २०२१का अध्यक्ष जेसी आनन्द प्रशाद रेग्मी लाई मायाको चिनो वितरण गरेका थिए । कार्यक्रम संञ्चालक आफु विदा ह्दै अध्यक्ष ज्य् लाई मन्तब्यको लागी निमत्याउदै वाहाले ध्न्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो