मेचीनगर। नकलबन्दा बचत तथा ॠण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष होमराज गुरुङ्गको सभापतित्व तथा जिल्ला सहकारी संघ झापाका संञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्षय योगेन थापामगर, महेन्द्रद्वार सहकारी संस्था मेचीनगर–६ काँकरभिट्टाका अध्यक्ष राजु दाहाल, संस्थाका पूर्व अध्यक्षलगायतले बोलेको संस्थाका व्यवस्थापक महेन्द्र बहादुर कुवरले जानकारी दिए । ।
संस्थाको आफ्नै भवनमा आयोजित साधारण सभामा अध्यक्ष गुरुङ्गले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको थिए । लेखा समिति संयोजक डम्बर बहादुर मगरले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारीलगायत विभिन्न व्यक्तिहरुलाई नगदसहित सम्मान गरिएको संस्थाका सह-व्यवस्थापक सुरज तामाङ्गले जानकारी दिए ।

कार्यक्रममा मेचीनगर–५ का वडा सदस्य नारायण खड्का, मेची कृषक बहुउदेशिय सहकारी संस्थाका व्यवस्थापक दिपक काफ्लेलगायत विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका सचिव केशर प्रसाद तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाकी सदस्य कुमारी निरौलाले गरेकी थिईन् ।




