विविध

आगलागीमा घाइते परिवारलाई खाद्यन्न सहयोग

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ इन्द्रेणी टोल स्थित स्थानीय केशव पाठकको घरमा पुस २१ गते बेलुका आगलागि भई सिलिण्डर ग्यास पड्कीदा एक जनाको ज्यान गएको थियो भने अन्य दर्जनबढी घाईते भएका थिए ।

छिमेकीको घरमा आगो निभाउन गएका उनीहरु सिलिण्डर ग्यास पड्कीएपछि दुर्घटनामा परेका हुन् । घाईते केही जाती भएर घर आएका छन् भने अहिले पनि केहि अस्पतालमा उपचारर्थ छन् ।

यसै क्रममा मेचीनगर नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले मृतक तथा घाईतेका परिवारलाई राहात स्वरुप खाद्यन्न घर घरमा पुर्याईदिएो छ । सोमबार वडा अध्यक्ष विकेन्द्र धिमालको नेतृत्वमा मेचीनगर ८ वडा कार्यालयले चामल र दाल वितरण गरेको हो ।

वडाले मृतकका परिवारलाई तीन बोरा चामल र साडे सात केजी दाल प्रदान गरेको छ भने अन्य घाईतेका परिवारलाई प्रतिपरिवार दुई बोरा चामल र अढाई केजी दाल वितरण गरिएको वडा सदस्य सन्तोष मेचेले जानकारी दिए ।

राहात वितरण कार्यक्रमा वडाध्यक्ष विकेन्द्र धिमाल, वडासदस्यद्वय सन्तोष मेचे र गंगा पाठक, समाजसेवी विष्णु भट्टराई, दशरथ खडिया, अर्जुन पोखरेल, चित्र धिमाल, मिलन विश्वकर्मा, गणेश कार्की, मिना राजवंशीलगायतको उपस्थिति रहेको थियो ।