संघ \संस्था

काभ्रे लेडीको अध्यक्षमा सुमित्रा श्रेष्ठ

बाहुण्डाँगी । काभ्रे जेसीजका लागि २०२२ को अध्यक्षमा सुमित्रा श्रेष्ठ निर्वाचित हुनु भएको छ । सोमबार सम्पन्न शाखाको २८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा मोनिका शाक्य, रविना सेवाचार्य, उपाध्यक्षहरुमा रशिला तामाङ, कविता लामा, समिता श्रेष्ठ, सरस्वती मानन्धर र तालिम संयोजकमा मन्जु घिमिरे निर्वाचित भएका २०२१ की शाखा अध्यक्ष देवकी आचार्यले बताउनु भयो । यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा बुद्धलक्ष्मी मानन्धर, कोषाध्यक्षमा सविता शाक्य र कानुनी सल्लाहकारमा भगवती श्रेष्ठलाई मनोनित गर्नु भएको छ ।