संघ \संस्था

पाल्पा जेसीजमा अच्युत खनालद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । जिल्लाको सामाजिक कार्यमा रहेको सस्था जेसिज पाल्पाको अध्यक्षमा युवा समाजसेबी अच्युत खनाल सर्वसहमतिले चयन हुनुभएको छ । खनालले जेसिजको नियम अनुसार सन २०२१ का अध्यक्ष राजिव श्रेष्ठले पद हस्तान्तरण गरेसँगै सन २०२२ को लागि अध्यक्ष पदमा चयन हुनुभएको हो । जस्को कार्यकारी उपाध्यक्ष अर्जुन कार्की,विवेक काजी शाक्य,कानुनी सल्लाहाकारमा सुनिलकुमार बस्याल,उपाध्यक्षमा गणेश पन्थ ,सतिसराज शाक्य, महेश खनाल,मुकेश जिसि,महासचिवमा सुनिल चापागाई ,कोषाध्यक्ष दिपेन्द्र वराल,तालिम संयोजकमा विजय कार्की,प्रकर्नर निर्देशक प्रेङ्गकर मुनि शाक्य,शाखाका कार्य सम्पादनमा प्रशान्त प्रधान चयन हुनुभएको निर्वाचन अधिकृत पुर्ण राज शाक्यले जानकारी दिनुभयो । जस्को कार्यक्रम निर्देशकमा मदन गाहा रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर रानाले नेपाली काङ्ग्रेस जेसिज सस्थासँग सामिप्तियता रहेको बताउनुभयो । सामाजिक प्रकृयामा धेरै व्यक्ति शैक्षिक छन । तर शिक्षित व्यक्ति भए पनि शैली नभएकोले सामाजिक प्रकृया नभएको बताउनुभयो । जेसिजले त्यहि शिक्षित व्यक्तिको सामाजिक विधि एवम प्रकृयाको विकास गरि समग्र समाज र देशलाई परिवर्तन गर्ने सस्था रूपमा जेसिज रहेको बताउनुभयो । व्यक्ति शिक्षित भए पनि शैलीको नभएमा वा गला भए पनि कला नभएको परिस्थितिमा गला र कला दुबै कुरा जेसिजले सिकाएको बताउनुभयो । शासन व्यक्तिले होइन विधिले गर्दा शासन बलियो हुने बताउनुभयो । विधि र लोकतन्त्रको लागि युवाहरूले साहत प्राप्त गरेको छन । मान्छे मारेर परिवर्तन हुदैन व्यवस्था परिवर्तन गर्न सोच्नु पर्ने बेला आएको बताउनुभयो । साथै जेसिज जस्तो सामाजिक सस्थाले युवाहरूलाई विधि र प्रकृयालाई सिकाई उत्साहित र प्रोत्साहित गर्न अगाडि बढाउने कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका सभापति हिमाल दत्त श्रेष्ठले सस्था र नेपाली काङ्ग्रेसको नजिकको आत्मियता रहेको बताउनुभयो । अबका परिवर्तन युवा शक्तिबाट नै हुने भएकोले आगामी दिनमा पाल्पा जेसिजका युवाहरू राष्ट्रिय नेतृत्व कर्ता सक्षम नेतृत्व उत्पादनमा लाग्नु पर्ने बताउनुभयो । पचाञ्यत काल देखि स्थापित सस्थाले दायित्व भुमिकालाई स्पष्ट रूपमा लिएर अगाडि बढन युवा शक्तिलाई आएकोले र्गह गर्नुभयो । पाल्पा जेसिजका युवाहरू कुनै कुनै श्रमसँग जोडिएकोले आगामी दिनमा युवा शक्तिहरूलाई आवद्व गराउन सहयोग पुर्याउने तर्फ आफ्नो कार्य दिशा निर्देशित गरि सक्षम युवाहरूको उत्पादनमा लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा पुर्व अध्यक्षको तर्फबाट वृद्धि प्रसाद शर्मा, रेसुङ्गा जेसिजका अध्यक्ष धर्मराज पाण्डे,पाल्पा उधोग वाणिाज्य संघका अध्यक्ष राजु महर्जनले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सन २०२१ का अध्यक्ष राजिव श्रेष्ठ भवन निर्माण प्रकृया अगाडि बढे पनि निर्माण नभएको परिस्थितिमा स्थायी सचिवालय बनाउन सफल भएको,सचिवालयमा ४१ जना पुर्वअध्यक्षको फोटो राखेको बताउनुभयो । ४२ बर्षको अवधिमा मातृत्व प्रदान गरी अभिभावक ग्रहण गर्दै गुल्मीको तम्घासमा रेसुङ्गा जेसिज स्थापना सफल भएको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष अच्युत खनालले आगामी दिनमा युवा शक्तिहरूको व्यक्तित्व एवम नेतृत्व विकास गर्नका लागि प्रशिक्षण कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाउने बताउनुभयो ।