बाहुण्डाँगी । इनरुवा जेसीजले ३८ वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । सोमवार सम्पन्न शाखाको ३८ औँ वार्षिक साधारणसभाबाट पुष्पा खरेललाई पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित गरेको छ । सामाजिक रुपमा ख्याती कमाएको यस शाखाका पूर्व अध्यक्षहरु सांसद, मन्त्रि, मेयर, पाटीका जिल्ला तथा केन्द्रीय राजनीतिमा पुगेका छन् । तर, अहिलेसम्म महिला अध्यक्ष जन्माउन सकेको थिएन । पुष्पमा त्यस्तो भाग्यशाली अध्यक्ष हुन जसले इनरुवा जेसीजमा आफुलाई निर्वाचित गराएर महिलाहरुको प्रतिनिधित्व गर्ने अवसर पाउनु भएको छ । २

०१६ मा इनरुवा जेसीजमा प्रवेश गर्नु भएकी खरेल २०१७ मा उपाध्यक्ष, २०१८ महासचिव, २०१९ मा कानुनी सल्लाहकार २०२० मा कार्यकारीणी उपाध्यक्ष तथा २०२१ मा कोषाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी बहन गरिसक्नु भएको अनुभवी व्यक्तिका रुपमा आफुलाई जेसीज अभियानमा अगाडी सार्नु भएको छ । निर्वाचित भएपछि हाम्रो खबरपाटीसँग कुराकानी गर्दै खरेलले आफुले सिकेका कुराहरुलाई आफ्नो कार्यकालमा सार्थक बनाउँदै शाखालाई अझ अघि लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । पारिवारिक रुपमै जेसीज पृष्ठभूमि रहेकी खरेलका प्रथम पुरुष सुनोज निरौला यसै शाखाका २०१६ का अध्यक्ष हुनुहुन्छ ।

अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा विकेश महेता, सत्यना यादव, उपाध्यक्षहरुमा अरविन केसी, सुसान्त बस्नेत, रितिसा शाह, कृष्ण प्रसाद आचार्य निर्वाचित भएका शाखाका अध्यक्ष संयम कोइरालाले बताउनु भयो ।

