संघ \संस्था

जनकुपर जेसीजमा राजकुमार शाह

बाहुण्डाँगी । जनकपुर जेसीजको २०२२ को अध्यक्षमा राजकुमार शाह निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ३९ औँ अधिवेशनले २०२१ का महासचिव समेत रहेका शाहलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेका हुन् । नेपाल जेसीजमा इतिहास बोकेको शाखा जनकपुरले पछिल्लो बर्ष युवा पुस्ताका अध्यक्षहरु बनाउँदै आएका छ भने निरन्तर २०२१ र २०२२ मा राष्टिय उपाध्यक्ष समेत निर्वाचित गराइसकेको छ । २०२१ मा गौतम शाह र २०२२ मा मनोज शाहलाई राष्टिय उपाध्यक्ष बनाएसँगै जनकपुर जेसीजप्रति यस क्षेत्रका युवाहरुको मोह अझ बढ्न गएको छ । सँगै सामाजिक रुपमा समेत नेतृत्वमा पुग्ने सफल संस्था बनेको छ ।


अधिवेशनबाट शाखाको कार्यकारीणी उपाध्यक्षमा मुकेश शाह, राजेन्द्र शाह, उपाध्यक्षहरुमा भवेश झा, रजनिश शाह, नितेश जैसवाल र सत्रुधन साह निर्वाचित भएका शाखाका अध्यक्ष मनोज शाहले बताउनु भयो । यसैगरी नवनिर्वाचित अध्यक्ष शाहले महासचिवमा अजय गुप्ता, कोषाध्यक्षमा उपेन्द्र साह र कानुनी सल्लाहकारमा विनय शाहलाई मनोनित गर्नु भएको छ ।