संघ \संस्था

पोखरा लेडीको २०२२ को पहिलो तालिम

बाहुण्डाँगी । पोखरा लेडी जेसीजले २०२२ को पहिलो तालिमको सोमबारबाट सुरु गरेको छ । न्यूरोडस्थित दिपसागर होटलमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारीहरुलाई Officers & JCI Corporate Guideline Training प्रदान गरेको हो । तालिममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक नेपाल जेसिज बर्ष २०२२का क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो ।


जेसिआइ पोखरा लेडि बर्ष २०२२का अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्व सम्पन्न तालिममा संस्थाको निबर्तमान अध्यक्ष कमला शर्मा कडेल (बिनिता) ,मात्रृशाखा पोखरा जेसिजका अध्यक्ष मिनराज खड्का , पोखरा जेसिजका निबर्तमान अध्यक्ष जेसिआई सिनेटर ई किरण केसि र पुर्ब अध्यक्ष जेसि शिव सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रम अबधिभर पोखरा लेडिज जेसिसको कार्यसमिति पदाधिकारीहरुको उत्साह पुर्ण एबम सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा जेसिज आस्थापाठको अगुवाई सकुन पौडेलले, स्वागत मन्तब्य कार्यक्रम संयोजक बिनिता केसीले तथा कार्यक्रमको सञ्चालन संस्थाकी सचिव प्रमिला सुबेदीले गर्नुभएको थियो । प्रशिक्षार्थीको तर्फबाट आफ्ना महत्त्वपूर्ण भनाई दिब्य लक्ष्मी चालिसे र अनिता खड्काले प्रशिक्षण अत्यन्तै महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको र तालिममा सिकेका हरेक सिकाईलाई ब्यबहारमा कार्यान्वयन गर्ने र गराउने प्रतिबद्दता पनि व्यक्त गर्नुभयो अन्तमा पोखरा लेडिज जेसिसकि तालिम आयुक्त जेसि रिना पौडेलले उपस्तिथि सम्पुर्णलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।