बाहुण्डाँगी । लुभु जेसीजका लागि २०२१ को पदहस्तात्रण समारोह शुक्रवार सम्पन्न भएको छ । २०२१ की अध्यक्ष सुलोचना श्रेष्ठले २०२२ का अध्यक्ष मनिष अवालेलाई आफ्नो गलामा भएको जेसीज चेन पहिर्याउँदै आफ्नो कार्यकालको पदहस्तान्तरण गर्नु भएको थियो ।

यस अघि भएको साधारणसभाबाट अधयक्ष अवालेसहित कार्यकारीणी उपाध्यक्षमा जगदश्विर केसी, रिकेश श्रेष्ठ निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष अवालेले महासचिव महिमा गुरुङ, कोषाध्यक्ष विवेक लामा, कानुनी सल्लाहकार सुभाष श्रेष्ठलाई मनोनित गर्नु भएको थियो ।

निर्वाचित तथा मनोनित पदाधिकारीहरुको सयुक्त रुपमा सपथ ग्रहण गराएको थियो । नेपाल जेसीज २०१६ का अध्यक्ष जगत पोखरेलको प्रमुख आतिथ्यता तथा शाखाका २०१० का अध्यक्ष योगेश श्रेष्ठको सभापत्तिवमा सम्पन्न कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, निरुपित उपाध्यक्ष जीवन कार्की, मातृ शाखाका अध्यक्ष प्रमोद पोखरेल, पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठ, किरण राजथला, विपिन्द्र श्रेष्ठ, सुभाष श्रेष्ठ, रविन सिंहलगायतको सहभागिता रहेको थियो ।

सोही समारोहमा रितेश श्रेष्ठलाई उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको थियो । विनिता देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जगदिश्वर केसी र महिमा गुरुङले सयुक्त रुपमा गर्नु भएको थियो ।


