समाचार

नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालक राजवंशीको मृत्यु

मेचीनगर । झापा मेचीनगर नगरपालिकाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नगरपालिकाको मे १ झ १७२ नम्बरको स्करपियोको ठक्करबाट मेचीनगर ७ का अन्दाजी ३४ बर्षीय सन्तोष राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त स्करपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई वुधबार साँझ करिब ७ बजे मेचीनगरको टोकला चिया बगान अगाडी ठक्कर दिँदा Read More…

समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार

झापा । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।  विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।  आगामी ६ महिनाभित्र विस्तृत नतिजा Read More…

समाचार

झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९०, पुरुष भन्दा महिला बढी

झापा । झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ४ लाख ७७ हजार ४९६ र महिला ५ लाख १६ हजार ५९४ रहेका छन् ।  जिल्लाको जनसङ्ख्या पुरुष भन्दा ३९ हजार ९८ ले महिला बढी रहेको छ । देशभर सबैभन्दा धेरै जनसङ्ख्या भएका Read More…

राजनीति

प्रदेश १ मा गोलाप्रथाबाट राष्ट्रियसभा सदस्य बने कांग्रेसका गोपाल बस्नेत

झापा । गोलाप्रथाबाट प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न भएको निर्वाचनमा कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा प्रणालीबाट विजयी घोषणा गरिएको थियो। गोलाप्रथाअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। गोलाप्रथामा कांग्रेसका बस्नेत भाग्यमानी सावित भएका थिए । प्रदेश Read More…

समाचार

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका ३मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हुम्सेदुम्से सामुदायिक बनबाट मंगलबार राती साढे ९ बजे आएको जंगली हात्तीले आक्रमण गर्दा रनधौज चोकका ६३ वर्षिया गणेशप्रसाद अधिकारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकका अनुसार कुलोमा पानी लगाउन जाने क्रममा हात्तीले लछारपछार गर्दा घटनास्थलमा Read More…

समाचार

राष्ट्रियसभा निर्वाचन आज हुँदै

काठमाडौं । बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । १९ सदस्य चयनका लागि हुने निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको हो । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ बजेदेखि Read More…