झापा । गोलाप्रथाबाट प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
बुधबार सम्पन्न भएको निर्वाचनमा कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा प्रणालीबाट विजयी घोषणा गरिएको थियो।
गोलाप्रथाअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। गोलाप्रथामा कांग्रेसका बस्नेत भाग्यमानी सावित भएका थिए ।
प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् भने अल्पसङ्ख्यक कोटाबाट नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।
उनले गठबन्धनबाट उम्मेदवार बनेका आफ्ना निकटतम् प्रतिद्वन्द्वी हेमराज राईलाई पराजित गरेका हुन् । राई माधव नेपालले नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीका नेतासमेत हुन् ।

