बाहुण्डाँगी । जिल्लाको समाजिक कार्यमा सकृय रहेको सस्था जेसिज पाल्पाले तानसेन नगरपालिका वडा न ८ छापमा एक दिने निशुल्क आखा शिविर सञ्चालन गरेको छ । शिविरमा झण्डै ३ सय जनाले आखा परिक्षण गरेको छन । सामाजिक भावनाका जिल्लाको पछिल्लो समयमा सामाजिक कार्यमा सकृय रहेको सस्थाले आखा शिविर सञ्चालन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नगर सभापति सुवर्ण मुनि शाक्यले नागरिकलाई लक्षित गरि सञ्चालन गरिएको शिविरले आखा सम्बन्धि रोगको पहिचान एवम उपचारमा महोत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । समयमा आखाको परिक्षण नगर्दा विभिन्न समस्याहरू देखा पर्ने हुदा सस्थाले नागरिकहरूलाई केन्द्रीत गरि सामाजिक भावनाका साथ शिविर सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै अन्य स्थानमा समेत यस्ता शिविर सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी दिनमा अन्य स्थानहरूमा नागरिक लक्षित शिविरलाई अगाडि बढाउन आर्गह गर्दै सस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा तानसेन वडा न ८ का वडा सदस्य कुल बहादुर थापा नगरकोटीले शिविरले नागरिकहरूलाई थप सजग हुन सहयोग पुर्याउने बताउनुभयो । आखा मानिसको अति संवेदनशील अङ्ग रहेकोले आखाको समयमा उपचार नहुदा जटिलता सिर्जना हुने हुदा शिविरले समुदायका नागरिकलाई थप लाभान्वित हुन सहयोग पुग्ने बताउनुभयो । शिविर पाल्पा लायन्स लाकौला आखाँ अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस तानसेन नगर कमिटीका सहसचिव नुर देब पौडेल,नेपाली काङ्ग्रेस तानसेन वडा न ८ का सचिव पदम राना,नगर कमिटी सदस्यहरू मन्जु रेग्मी,रेखा विष्ट,पल्लव केसी लगाएतको उपस्थिति रहेको थियो । आखा परिक्षण शिविरमा ३ सय जनाको परिक्षण गर्दा ९ जनामा मोति बिन्दु देखिएकाले निशुल्क उपचार गरिने जेसिजका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।

