संघ \संस्था

मेचीनगर नगरपालिकाको सेवा भोलि बन्द

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ ।

मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले असार १० गते तेस्रो नगर सभाको बैठकको तयारी गरिरहेको जनाए ।