अर्थ शिक्षा

मेचीनगरले दियो ११९ जना विद्यार्थीलाई छात्रवृति

मेचीनगर । मेचीनगर-८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । आज सहिद विरेन राजवंशी प्रतिष्ठान मार्फत मेचीनगर नगरपालिकाले आदर्श मावि कक्षा ११ र १२ मा अध्यायनर १ सय १९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । विद्यालय परिसरमा आज एक कार्यक्रमका बिच नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक Read More…

संघ \संस्था

राष्ट्रिय आवास कम्पनीलाई तत्काल जग्गा हस्तान्तरण गर्न नगरप्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन भनेका छन् । उनले सम्झौता भए अनुसारको बिक्रि गर्नुपर्ने जग्गा बिक्रि र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई पत्रचार गरेका हुन् । बिगत लामो समयदेखि राष्ट्रिय आवास कम्पनी लिमिटेडले विभिन्न बहानामा Read More…

समाचार

झापामा बसले ठक्कर दिँदा बालकको मृत्यु

झापा । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कमल- ३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको Read More…

संघ \संस्था

पूर्व सांसद मैनालीलाई दुर्व्यवहार गर्नेविरुद्ध कारवाहीको माग

झापा । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गर्ने विरुद्ध कारबाहीको माग गरिएको छ । मैनालीले कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अभद्र व्यवहार गर्ने स्थानीय भुपाल ओली विरुद्ध उजुरी दिएका छन् । कोशी प्रदेशका पूर्व सदस्य मैनालीलाई ओलीले बुधबार विहान दुर्व्यवहार गरेका थिए Read More…

समाचार

झापाको गौरादहमा मण्डपबाटै बेहुला पक्राउ

झापा । झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उप महानगरपालिका–१९ निवासी साजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको डीएसपी रिजालले बताए । जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो Read More…

संघ \संस्था

मेचीनगर नगरपालिकाको सेवा भोलि बन्द

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार Read More…

संघ \संस्था

मैनालीलाई अभद्र व्यवहार गर्ने ओलीमाथी यातायात व्यवसायी संस्थाहरूले निकाले बिज्ञप्ती

मेचीनगर । पुर्व सांसद श्रीप्रसाद मैनालीमाथि भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेकाे भन्दै त्यस कार्यको बिरूद्धमा यातायात व्यवसायी संस्थाहरूले बिज्ञप्ती निकालेका छन् । बिहिवार द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा अतिथिका रूपमा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका थिए । यातायात क्षेत्रकाे अभिभावकका रूपमा रहेका पुर्व Read More…

शिक्षा

होलीबेल स्कुलद्धारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

धुलाबारी । होलीबेल अंग्रेजी बोडिङ स्कुल धुलावारीले शैक्षिक सत्र २०७९ उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधवार विद्यालयमा आयोजित एक समारोहमा शैक्षिक सत्र २०७९ मा कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्ममा प्रथम दोस्रो र तेस्रो हुने ९५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो । यसैगरी नियमित विद्यालय आउने, सरसफाइमा उत्कृष्ट हुने र विद्यालयको Read More…

संघ \संस्था

सदस्यता शुद्धिकरणमा विभेद गरेर प्रेस चौतारीलाई नजिस्काउन अध्यक्ष बस्नेतको चेतावनी

मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी दिएका छन् । शुद्धिकरणको नाममा प्रेस चौतारीका सदस्यमाथि अपमानित गर्ने र विभेद गरी जिस्काउने दुस्प्रयास नगर्न पनि अध्यक्ष बस्नेतको चेतावनी छ । ‘‘महासंघले संगठनहरु कै सुझावमा तय गरेको सदस्यता शुद्विकरण मापदण्डका Read More…

खेलकुद

आज नेपाल र वेस्टइन्डिज भिँड्दै

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्टइन्डिजको सामना गर्दैछ । वेस्टइन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समयअनुसार मध्यान्ह पौने १ मा शुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले Read More…