संघ \संस्था

नेपाली मञ्च कतारको अध्यक्षमा दुलाल

दोहा । प्रवासी नेपाली मञ्च कतार नगरकमिटीको अध्यक्षमा गणेश दुलाल सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न मञ्चको तेस्रो बैठकले अध्यक्ष पदमा दुलाललाई चयन गरेको हो ।

बैठकले मञ्चका सचिव एवम् का.वा अध्यक्ष समेत रहेका दुलालको नेतृत्वमा उपाध्यक्ष दावा छिरिङ्ग तामाङ, सचिवमा पुष्प बहादुर बुढाथोकी, कोषाध्यक्षमा हरि बहादुर नेपाल, सह सचिव दिल बहादुर भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा छत्र बहादुर लिम्बू, ताेयानाथ खतिवडा, भरत खतिवडा, भरत राई, टेक बहादुर खत्री, इन्द्र बहदुर बि.क, योगेन्द्र कट्टेल, झलेन्द्र बिश्वकर्मा, प्रेम भुजेल, जीवन कटुवाल रोहिणी खतिवडा र डिल्लीराम कार्की रहेका छन्।

ग्रान्ड मलको लेबर सिटिमा सम्पन्न भएको बैठकलाई मञ्चका राष्ट्रिय कमिटी महासचिव प्रभात त्रिपाठीले प्रमुख अतिथिको रुपमा टेलिफोन द्वारा सम्बोधन गरेका थिए। सम्बोधनमा कतारमा कार्यरत श्रमजीवीहरुको हकहितका लागि सामाजिक भावनामा उत्प्रेरित हुँदै संगठलाई चुस्त दुरुस्त बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिए साथै आगामी दिनमा संगठनले नगरकमिटीहरुलाई संगठन सम्बन्धी प्रशिक्षण दिने बताएका थिए ।