बाहुण्डाँगी । बुधवारे जेसीजको आयोजनामा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न गरेको छ । प्रजान्त्र दिवसको अवसर पारेर आयोजित तालिममा बुद्धशान्ति गाउँ पालिका क्षेत्रका सामाजिक संघ संस्था, राजनितिक दल तथा जेसीजका सदस्यहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमका प्रमुख प्रशिश्रकका रुपमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला रहुन भएको थियो । तालिममा ५९ जनाको सहभागिता रहेको थियो ।

शाखाका अध्यक्ष मुकेश भट्टराईको सभापतित्व बुद्धशान्ति गाउँ पालिका प्रमुख रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, एरिया ए का तािलम संयोजक राजेश खत्री, शाखाका पूर्व अध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक सुजित बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव अजुर्न ढकालले गरेका थिए ।

