बाहुण्डाँगी । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विर बहादुर रानाले लोकतन्त्र बिना विधिको शासनको परिकल्पना गर्न नसकिने बताएका छन् । जेसीआई सिद्धार्थ लेडी, नेपालको २६ औं पदस्थापन समारोहलाई बुधबार भैरहवामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री रानाले यस्तो बताएका हुन् ।
उनले भने, ‘जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ विधिको शासन हुन्छ ।’ उनले समाज रुपान्तरणमा जेसीजको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए । उनले जेसीजको आस्था पाठले धेरै कुरा बताएको बताए । उनले भने, ‘जेसीज अत्यन्त पवित्र भावना बोकेर अगाडी बढ्ने संस्था हो ।’
कार्यक्रम शाखाकी अध्यक्ष रिमा न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले महिलाले नेतृत्व गरेको लेडी जेसीजका सदस्यहरु यतिमा मात्र सीमित नरही देशकै नेतृत्व तहसम्म पुग्नुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, जेसीआई लेडी नेपालका विभिन्न शाखा अध्यक्ष तथा विभिन्न संघ–संस्थाका प्रमुखहरुले बोल्दै समाज रुपान्तरणमा जेसीजको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।े

