संघ \संस्था

सिद्धार्थ लेडी नेपालद्धारा खाद्यन्न वितरण

बाहुण्डाँगी । जेसीआई सिद्धार्थ लेडी नेपालले खाद्यन्न बितरण कार्यक्रम सम्पन्न गरेको छ । शाखाले नेपाल अभिनाष अनाथ आश्रम कोटिहवा, रुपन्देहीको अनाथ आश्रमका बालबालिकाहरुलाई खाद्यन्न वितरण गरेको हो ।

वर्ष २०२२ का अध्यक्ष जेसी अनिता पाण्डेय (अनुपा) को सभापतित्व तथा नेपाल अभिनाष अनाथ आश्रम का अध्यक्ष श्री कृष्ण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बोर्डका पदाधिकारिहरु साधारण सदस्यहरु एंव अनाथ आश्रामका बालबालिकाहरुको सम्लङ्गनतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । दिपा कडेलले आस्थापाठ गरेको कार्यक्रमको संयोजक कृष्णा दाहाल र कार्यक्रमको सञ्चालन मन्दिरा उप्रेतीले गर्नु भएको थियो ।