बाहुण्डाँगी । भक्तपुर लेडी जेसीजले २०२२ को होली मिलन कार्यक्रम शारीरिक अशक्त भएका बालबालिकाहरु सँग मनाएको छ । मंगलवार शाखाले अपाङ्ग स्कुल इन्द्रायणी पिठ भक्तपुरमा पुगेर त्यहाँ रहेका शारीरिक अशक्त बालबालिकाहरुसँग होली मिलन कार्यक्रम गरेको हो । त्यहाँ रहेका बालबालिकाहरुलाई होली सम्बन्धीको जानकारी गराउँदै सबै बालबालिकाहरुलाई विजयको प्रतिक रङ्ग लगाइदिएर रमाइलो गरेका थिए ।

साथै बालबालिकाहरु पनि खुसीसाथ जेसीजकर्मीहरुसँग रङ्गमा रमाइलो गरेका थिए । यसैगरी शाखाले त्यहाँ रहेका बालबालिकाहरुलाई खिर भोजन समेत गराएको थियो । शाखाकी अध्यक्ष सिरु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखाकी कार्यकारीणी उपाध्यक्ष प्रजु मुखियाले गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले कार्यक्रम सफल बनाउन सहभागि सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । सो अवसरमा नृत्य गरेर रमाइलो समेत गरिएको थियो । साथै आगामी दिनहरूमा पनि भक्तपुर लेडी जेसीजले अपाङ्ग स्कुल सङ्ग मिलेर कार्य हरू गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

