झापा । चैत ९ गते बुधबार (भोलि) देखि सुरु हुने दमक गोल्ड कपको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेश १ कै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कप सञ्चालन गर्नका लागि सबै तयारी सकिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
गोल्ड कप २०७८ हुने दमक ३ स्थित दुम्सेको प्रस्तावित मदन भण्डारी रङ्गाशालामा ७ हजार क्षमताको प्याराफिट बनिसेका छन् । विभिन्न स्थानमा प्रवेशद्धारहरु निर्माण भइसकेको छ ।
प्रवेश शुल्क १ सय र २ सय रुपैँया राखीएको प्रतियोगीतामा दैनिक ३ हजारको हाराहारीमा खेल हेर्न दर्शक आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

यो वर्ष खेल मैदान पूर्व पश्चिम राजमार्गदेखी करिव ७ किलोमिटर उत्तर रहेकोले दर्शकहरुको सुविधाका लागि निशुल्क बसको व्यवस्था गरिएको दमक नगर खेलकुद समितीका अध्यक्ष भीमराज चौँलागाईले जानकारी दिए ।
कृष्ण मन्दिर, क्याम्पस मोड, गोरखा डिपार्टमेण्ट अगाडी र पहु शाट स्थित बस पार्कमा चारवटा बसले दर्शकलाई खेल मैदान सम्म लैजाने र पूःन तत् तत् स्थानमा खेल सकिएप पछि फर्काउने छन् । यी बसको प्रयोग गर्न खेल हेर्न जाने दर्शकले कुनै पनि शुल्क तिर्न नपर्ने अध्यक्ष चौँलागाईले पत्रकार सम्मेलन मार्फत बताए ।
खेलमा ३ वटा विभागीय, तीन वटा विदेशी सहित १० टिमको सहभागीता रहने खेल संयोजक मीन मगरले जानकारी दिए ।
प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत, बागमती यूवा फूटबल क्लव सर्लाहि र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।
प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशी भएको दमक गोल्ड कप २०७८ चैत्र ९ गते देखी १८ गते सम्म हुने छ । प्रतियोगीताको द्धितिय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथीको पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगीता सम्पन्न गर्नका लागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगीता सम्पन्न गर्दा रकम बचत भयो भने खलकुद क्षेत्रको प्रर्वधन गर्न खर्च गरिने पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

