संघ \संस्था

भक्तपुर जेसीजलाई एरिया सि को उत्कृष्ट शाखा अवार्ड

बाहुण्डाँगी । भक्तपुर जेसीजले मार्च महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । भक्तपुरले गरेको कार्यसम्पादनको आधारमा एरिया सि को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजको काठमाडौमा सम्पन्न काउन्सुलर एकाडेमीको समापन समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो ।

एकाडेमीमा नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणि भण्डारी, निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल र निरुपित उपाध्यक्ष जीवन कार्कीले शाखाका अध्यक्ष अनुज हाडालाई उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।