स्वास्थ्य

झापामा थप २७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या १०७ पुग्यो

झापा, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्।

शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा अहिले ३ सय ५० जना छन्। उनीहरु सबै भारतबाटै आएका हुन्। जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईका अनुसार संक्रमित देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ।

यस अघि कचनकवल गाउँपालिकामा भारत बाट आएर क्वारेन्टाइनमा बसेका ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित कोभिड अस्पताल विराटनगर र धरानमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published.