काठमाडौं । चर्चित गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले गिटारिस्ट तथा कम्पोजर सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् ।
गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् । दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ । यसैबर्ष उनीहरू वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् ।