मेचीनगर । नेकपा एमाले मेचीनगर वडा न ६ को चुनावी अभियान तिव्र रुपमा अघि बढेको छ । उम्मेदवार सहित चुनावी घरदैलो अभियान सुरु गरिएको हो ।
वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापा सहित सदस्य उम्मेदवार को टिम र पाटी नेतृत्व कार्यकर्ता सहित घर दैलो अभियानमा सहभागि रहेका थिए ।
मेचीनगर ६ भानु टोल आसपास क्षेत्रका अधिकाषं जनताको घर घरमा पुग्दा उम्मेदवार प्रति सत्कार र सदभाव राखेको पाइएको छ । माता तिर्थ औसीको दिन बृद्ध बा आमाको माझमा आशिर्वाद लिदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता सहित भोट मागिएको थिए ।
टोल क्षेत्रमा भोट माग्न पुगेका वडाध्यक्षका उम्मेदवार बालकृष्ण थापा र उम्मेदवारलाई केही बृद्ध बुबा आमाले अंगालो हालेर आशिरवाद दिएका थिए ।
चुनावी अभियानको क्रममा मात्रै नभएर भोलिका दिन पनि बृद्ध आमा बुबाको हरेक समस्यामा सारथी बन्ने थापाले प्रतिकृया दिए । युवा माझमा समेत लोकप्रिय मानिएका उम्मेदवार पुग्दा स्थानीयको उत्सहा देखिन्थ्यो ।
घरदैलो कार्यक्रममा एमालेका उम्मेद्वार एवम् लोकप्रिय कम्युनिष्ट नेता बालकृष्ण थापा र वडा सदस्यका उम्मेद्वारहरुलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।
घरदैलो अभियान वडा नं। ६ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको पाटीका वडा अध्यक्ष प्रितम काफले ले बताए ।

