चुनावले स्खलित हुने फ्र्स्टेटेड आत्मा हरु।
पृथ्वीको फन्को मार्न वायुपन्ख घोडामा सवार कुमार कार्तिके।
तिमिनै त हौ भुपि सेरचनको क्यारमको गोटि।
व्यर्थको रावणको हासोको गर्जनको प्रतिध्वनि।
हे असटबक्र कपिलमुनिका गुरुवर।
गार्गि र यज्ञवल्क्य बीचको बहसका निर्णयाक।
सर्वज्ञाानि पुरुषार्थले हिमालमा पद्मासनमा बसेको साधक जस्तो।
जग झुकयाउछौ ठानि आफु बोधिसत्व भएको ।
स्वेरकल्पनामा मग्न अस्थिर सपनाका साहुजि।
आक्रोश र पुर्वाग्रह मिसिएको त्यो प्रधुशित धुवाँ।
जग हासे पो हामि हासछौ।
निस्काम कर्मको प्रवचन दिने तिमि।
मन फुकाएर सक्दैनौ ति संकीर्णतालाइ दिन आहुति।
फकिर गालिबलाई समझनछु म।
अनि दन्द्वामात्क भौतिकवाद पलटाउछु।
मन नबुझेपछि मुटु नहलिये पछि।
विपि को आत्मकथा घनटौ घोत्लिनछु।
अनि पो लाग्छ म पनि तिमि जस्तै बौद्धिक विलासिता को श्रोत हुन पुग्दै छु।
सपनाको सहरमा।आगन नभएको घरमा।
हामि अनन्त गन्तव्यको यात्री हरु।
भिक्षाटनको निम्ति आएको छौ।
मसानघाटमा हाम्रो क्षणभरको विश्राम हुनेछ।
अनिपो लाग्नेछौ सङै युटोपियन सन्सार मा।
पुर्णविराम नभए सम्म।
कविता लेखक कवि सत्यम् राई लेखक रोङ गाउँपालिका इलाम


