विराटनगर । राष्ट्रिय युवा संघको कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट अरुण गुरुङ अध्यक्ष चयन भएका हुन् ।
उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमानसिंह बस्नेत, शरण फागो र कोषाध्यक्ष दीपेन्द्र घिसिङ चयन भएका छन् ।

त्यस्तै कोशी प्रदेश कमिटी सदस्यहरुमा रघुनाथ धिमाल, सुरेश काफ्ले, रविनशन थापामगर, संगीता मेचेलगायत ८९ सदस्यीय रहेका छन् ।
युवा संघ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँ चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी मनोज रायले पाएका छन् ।
साइबर सर्कल प्रमुखमा सागर पोखरेल, महिला विभाग प्रमुखमा पार्वती तामाङ र संगठन विभाग प्रमुख आनन्द राई चयन भएका छन् ।

