समाचार

मेचीनगरमा ७० प्रतिशत मत खस्यो

झापा । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ ।

१५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०.६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए ।

कुन वडामा कति मत खस्यो ?

मेचीनगरको वडा नं. १ मा ३५१६ मत खसेको छ भने वडा नं. २ मा ३६४९ मत खसेको छ । त्यस्तै वडा नं. ३ मा ३९२८ मत खसेको छ । वडा नं. ४ मा ३०७५, वडा नं. ५ मा २८३३, वडा नं. ६ मा ७७४०, वडा नं. ७ मा ६१३५, वडा नं. ८ मा ४२६९, वडा नं. ९ मा ५८९५ मत खसेको छ ।

त्यसैगरी वडा नं. १० मा ६०७५ मत खसेको छ भने वडा नं. ११ मा २९८९, वडा नं. १२ मा ३३३८, वडा नं. १३ मा ३०६६, वडा नं. १४ मा ३२६२ र वडा नं. १५ मा ३९१८ मत खसेको हो ।

अहिले मतदान सम्पन्न भइसके पछि नगरका ३५ मतदानस्थलका १०२ मतदान केन्द्रबाट मतपेटिका इटाभट्टास्थीत नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।