मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ७ कि सात वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ परेका छन् । नाताले मीतबुवा पर्ने मेचीनगर ७ कै ५२ वर्षिय गणेश राजवंशी पक्राउ परेका हुन्,।
राजवंशीले बैशाख ३० गते शुक्रबार निर्वाचनको दिन अभिभावकहरू मत हाल्न गएको मौका छोपेर ती बालिकालाई नजिकैको चिया बगान लगेर जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको परिवारले जानकारी दिएको छ।
परिवारका अनुसार पीडक राजवंशीले यसअघि पनि गाँउमा अन्यलाई यस्ता क्रियाकलाप गर्ने गरेका थिए । अहिले प्रहरीले राजवंशीलाई पक्राउ गरी आवश्यक कानुनी कार्वाही अगाडि बढाइसकेको जानकारी दिएको छ।

