स्वास्थ्य

धुलाबारीको आम्दा मेची अस्पताललाई विशिष्ट सेवा उपलब्ध गराउन छलफल सुरु

मेचीनगर । झापाको मेचीनगर-१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पताललाई विशिष्ट सेवा सहित स्वास्थ्य सेवा उपलब्ध गराउन मेचीनगर नगरपालिका र सरोकारवालाबिच छलफल अगाडी बढाईएको छ ।

नव निर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप प्रमुख मीना पोखरेल उप्रेतीसहित मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराम तिम्सिना र आम्दा नेपालको टोली बीच मेचीनगर नगरपालिकामा आईतबार छलफल सम्पन्न भएको हो ।

छलफलमा मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, मेचीनगरका वरिष्ठ प्रशासकिय अधिकृत अनन्त वस्तीलगायतको उपस्थिती रहेको थियो ।