संघ \संस्था

बाह्रदशी जेसीजद्धारा असार १५ मा रोपाइ

बाहुण्डाँगी । बाह्रदशी जेसीजले १९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर
रोपाई गरेको छ ।
किसानसँग जेसीज भन्ने नाराका साथ बाह्रदशी गाउँपालिका वडा नम्बर ६ मा आयोजित रोपाई कार्यक्रममा सहभागिले रोपाई सम्पन्न गरेका हुन् ।

गाउँपालिकाका योजना शाखा प्रमुख तेजप्रसाद रेग्मी, कृषि शाखा प्रमुख आरजु खड्का, जेटिए शोभा अधिकारी, सुचना अधिकारी हिमाल सुवेदी, शाखाका पदाधिकारी तथा स्थानीयहरुको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रम शाखा २०२२ का अध्यक्ष पुष्प धमालाको सभापतित्व तथा बाह्रदशी मुल कृषि समुहका अध्यक्ष प्रेम पौडेल को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । रोपाई कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव टंक कार्कीले गर्नु भएको थियो ।