संघ \संस्था

वक्तृत्व कला प्रतियोगिता सम्पन्न

झापा । जोइन्ट ब्रदर इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालीको आयोजनामा झापा बोल्छ, वक्तृत्व कला प्रतियोगिता र प्रदेश १ मै पहिलो डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

चन्द्रगढी, धुलाबारी, दमक र बिर्तामोडमा अडसिन गरि १२ ओटा विद्यालयलाई एम्पायर व्विजको सेमिफाइनलमा लगीएको थियो, जस मध्ये असार १४ गते भएको सेमिफाइनलबाट, तारापुन्ज बोर्डिङ स्कुल, काँकरभिट्टा, लिटल एन्जेल बोर्डिङ चारआली र विद्योदय स्कुल कन्काइ फाइनलमा प्रवेश गरेका थिए । जसमा लिटल एन्जेल स्कुलले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै प्रतियोगितामा विद्योदय स्कुल दोस्रो र तारापुन्ज स्कुल तेस्रो भएको थियो । उनीहरुले क्रमश २० हजार, १० हजार र ५ हजार नगदसहित ट्र्फि मेडल र विविध उपाहार प्राप्त गरे । हाजिरी जवाफ प्रतियोगितामा कुव्इज मास्टर राजिब न्यौपाने थिए ।

त्यस्तै अडिसन बाट १२ जाना प्रतियोगीलाई फाइनल चरणमा लगीएको झापा बोल्छ , वतृत्त्वकला प्रतियोगितामा झापा मोडल दमककी कृतज्ञता थापा त्यसै गरि बिर्तामोड को वाल्मीकि एजुकेसन फाउन्डेसन बाट प्रतिनिधित्व गर्दै सितोश्मा तिम्सिना र झापा मोडेल कै प्रतीक खनाल तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम दितिय र तृतीयले क्रमश २० हजार, १० हजार र ५ हजार नगदसहित ट्रफि मेडल प्राप्त गरे । प्रतियोगीताको निर्णायकमा सन्दिप राजवंशी, धर्मेन्द्र भट्टराई (मामा), उषा श्रेष्ठ, युनिता दवाडी भट्टराई, र स्वस्तिका आचार्य थिए ।

झिलझिले स्थित वाटर किङ्गडममा सम्पन्न कार्यक्रम इभेण्ट डिरेक्टर प्रकाश सङ्रौला (निराकार) को अध्यक्षतामा आयोजना भएको थियो । कार्याक्रमका प्रमुख अतिथी झापा इन्नर्जिका कार्यकारी निर्देशक तथा सिमृक साकोसका अध्यक्ष सुवास भट्टराई थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुवास भट्टराई, लायन्स क्लब अफ मेचिनगरका सचिव सजित तामाङलगायतले बोलेका कार्यक्रमको सन्चालक मेनेजिङ डिरेक्टर अविशेक श्रेष्ठले गरेका थिए भने, स्वागत सारिका प्रसाईंले गरेकी थिइन ।