संघ \संस्था

बीसहजार जेसीजको ट्राफिक सचेतता कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले राज्यको शिक्षा प्रणाली गलत भएको बताउनु भएको छ । बीसहजार जेसीजले आयोजना गरेको ट्राफिक सचेतता कार्यक्रमलाई बिहिवार सम्बोधन गर्दै सिनेटर खनालले ट्राफिक सचेतना युवा देखि बृद्धासम्म अति आवश्यक भएकाले अब विद्यालय देखि नै पाठ्यक्रममा समावेश गर्नु पर्ने बताउनु भएको हो । ‘वर्तमान शिक्षा प्रणाली सैदान्तिक मात्र भयो, व्यवहारिक र जीवन उपयोगि हुन सकेन’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले भन्नु भयो– ‘जसले गर्दा हरेक समय ठूल्ठूला दुुर्घटनाका हुने गरेका छन् । यसको नियन्त्रका लागि सबैले सचेत हुन जरुरी छ । ’

बीस हजार जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका खनालले राज्यले युवाहरुलाई प्रमाण पत्र सिरानीमा राखेर विदेश पलायन हुने अवस्था बनाएको समेत आरोप लगाउनु भयो । उहाँले अपराध र सजाय मिल्न नसकेको बताउनु हुँदै अपराध जघन्य हुन्छन् तर सजाय सामान्य हुने गरेका बताउनु भयो । अपराध नियन्त्रणमा राज्य जिम्मा लिनु पर्ने उहाँको भनाई थियो ।


भरतपुर ११ यु टेक कलेज सभाहल चितवन आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख तथा प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीले दुर्घटना नियन्त्रण प्रहरी प्रशासनले मात्र रोकेर नहुने नहुनाले हरेक जनता सचेत भएर लागेमा मात्र कम हुने बताउनु भयो । उहाँले सिकारु चालक, मादक पदार्थ प्रयोग कर्ता र ट्राफिक सम्बन्धी ज्ञान नहुँदा जताभावी सवारी चलाएका कारण धेरै दुर्घटना हुने गरेको बताउनु भयो । कार्यक्रमका प्रशिश्रक तथा मुख्य बक्ता समेत रहनु भएका अधिकारीले मोटरसाइकल चालकले अनिवार्य हेल्मेट लगाएर सवारी चलाएमा र ट्राफिक नियम पालना गरेमा आधा दुर्घटना कम हुने समेत बताउनु भएको छ ।


शाखाका अध्यक्ष बेदराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरे, बीसहजार जेसीजका पूर्र्व अध्यक्ष, सुरज हमाल, सन्तोष मजाकोटी, कलेजका प्रध्यापकहरु, विद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ७३ जनाको सहभागिता रहेको थियो । विष्णु पोखरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विजय न्यौपानेले गर्नु भएको थियो ।