मेचीनगर । प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार (आज) सम्पन्न हुने भएको छ । पुरानो कार्यसमितिको कार्यकाल सकिन लाग्दा क्लबले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
क्लबका कार्यसमितिको बिहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । सोहि अनुसार आज विहान ८ बजेबाट काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा अधिवेशन आयोजना गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।
२०७१ सालमा स्थापना भएको क्लबले मेचीनगरमा रहेका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा सञ्चारकर्मीहरुको हकहित र व्यक्तित्व विकासलगायतका कार्य गर्दै आएको छ ।

