संघ \संस्था

सञ्चारकर्मी र जेसीजकर्मीबिच मैत्रीपूर्ण फुटसल

बाहुण्डाँगी । नारायणगढ जेसिज , जेसिज सप्ताह्(२०२२ अन्तर्गत चौथो दिन खेलकुद पत्रकार मन्च चितवन र नारायणगढ जेसिजका सदस्य हरु बिच मैत्री पुर्ण फुट्सल खेल सम्पन्न भयको छ ।

नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा चितवन जिल्ला फुट्बल सघंका अध्यक्ष श्री कृष्ण कार्की हुनुहुन्थ्यो ।

नारायणगढ जेसिजका पूर्व अध्यक्षहरु जेसी अर्जुन अधिकारी, जेसी अनोज जोशी ,फोनिज चितवनका अध्यक्ष रमेश राना लगायत छीमेकी शाखाका अध्यक्षहरु जेसी शंकर अधिकारी, जेसी बेदराज न्यौपाने, जेसी उपेन्द्र आचार्य, जेसी प्रकाश उप्रेति, जेसी बिकास श्रेष्ठ कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

ब्रदर्स फुटसल एरेना क्षेत्रपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा नारायणगढ जेसीज ६(५ ले विजयी भयो ।

हरेक वर्ष जेसीज सप्ताहमा नारायणगढ जेसीजले खेलकुद पत्रकारसँग मैत्रीपूर्ण फुटबल तथा फुटसल आयोजना गर्दै आएको छ ।

खेलको सहयोगी संस्थाहरुमा घडेरी बजार, स्वस्तिक इलेक्ट्रोनिक्स, डिलाइट केक्स एण्ड बेक्स र डेलिश डेरी रहेका थिए ।

नारायणगढ जेसिज , जेसिज सप्ताह्(२०२२ मुल सम्योजक जेसी रबिन्द्र श्रेष्ठ हुनुहुन्छ भने कार्यक्रमको सम्योजक जेसी उद्धव श्रेष्ठ हुनुहुन्थ्यो ।